शैक्षीक परामर्श तालीम (Educational Counselor Training) Postponed सम्बन्धी सूचना
2022-02-01
मिति २०७८/१०/२४ गते देखि संचालन हुने शैक्षिक परामर्श (१० दिने) तालीम COVID – 19 माहामारीका कारण स्थगित भएको कुरा जानकारी गराईन्छ। साथै नयाँ मितिमा ( २०७८/११/०२) आफ्नो पालो दर्ता गराउन हुने पनि सबैमा जानकारी गराईन्छ।
उक्त तालीममा शैक्षिक परामर्श संस्थाहरुका सहभागीहरुले सहभागी हुनको लागी निम्न कागजात यस प्रतिष्ठानमा बुझाउन हुन जानकारी गराउँदछौ।
निम्नः
-
- शैक्षिक परामर्श संस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा सामाजिक बिकास मन्त्रालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि।
- प्रशिक्षार्थीको नागरिकताको प्रतिलिपि।
- प्रशिक्षार्थीको कम्तिमा स्नातकको टान्सक्रिप्टको प्रतिलिपि।
- प्रशिक्षार्थीको स्नातक कुनै बैदेशिक शिक्षालयबाट छ भने उक्त टान्सक्रिप्टको Equivalent गरेको प्रमाणपत्रको प्रतिलिपि।
- रू. १४,०००/- (चौध हजार) शुल्क प्राविधिक प्रशिक्षण प्रतिष्ठानको राष्ट्रिय बाणिज्य बैंक, सानोठिमी, भक्तपुर, बचत खाता नं. १७३०१०००००७४००१० मा जम्मा गरेको सक्कल भौचर।
तालीम संचालन हुने नयाँ मितिः २०७८ फागुन ०२ देखि ११ गते सम्म